बजेटलाई रुचाएनन् लगानीकर्ताले, सेयर बजार राताम्मे



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गरेको भोलिपल्ट अर्थात बुधबार सेयर बजार राताम्मे भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सेयर बजारका विषयमा केही विषय पनि समेटिएका छैनन् । जसका कारण बजारका लगानीकर्ता निरास भएका छन् । बजार मापन गर्ने सूचक २३.८१ अंकले घटेर परिसूचक २०८९.४२ बिन्दु कायम भएको छ ।

कारोबारमा ३१४ कम्पनीको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको घटेको छ । कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत २.३८, जीवन बिमा १३४.६४, माइक्रोफाइनान्स ७७.७५, निर्जीबन बिमा १०४.६२, अन्य समूहको ११.७१ अंकले घटेको छ ।

कारोबारमा ट्रेडिङ १८.९३, माइक्रोफाइनान्स १७४.०१, होटल समूहको उपसूचक ६१.७५ अंकले बढेको छ ।


क्लिकमान्डु