अल्लोको झोलामा १८ खर्ब ६० अर्बको बजेट, अर्थमन्त्रालय शतप्रतिशत नेपाली उत्पादन प्रयोग हुन्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले अर्थ मन्त्रालयलाई शतप्रतिशत नेपाली उत्पादन प्रयोग गर्ने कार्यालय बनाइने बताएका छन्।

पुनले मंगलबार १८ खर्ब ६० अर्बको बजेट ल्याएपछिको पत्रकार सम्मेलनमा भने, ‘बजेटको झोलाबाट नेपाली उत्पादन प्रयोग गर्ने प्रयास सुरु भएको छ । यसपटक बजेटको झोला शतप्रतिशत नेपाली उत्पादनबाट बनाएर प्रयोग गरिएको छ ।’

नेपाली उत्पादन तुलनात्मक रुपमा केही महँगो भए पनि नेपाली उत्पादन र रोजगारीलाई प्रवद्र्धन गर्न सरकारले स्वदेशी वस्तुलाई नै प्रवद्र्धन गर्ने पनि पुनले बताए ।

यस वर्षको बजेटमा आईटी क्षेत्रमा नेपाल राम्रो प्रतिस्पर्धा गर्न सक्ने क्षेत्रका रुपमा बजेटले प्राथमिकता दिएको उनले बताए । आईटीमा १० वर्षमा ३० खर्ब रुपैयाँको सेवा निर्यात गर्न सक्ने योजनाका साथ बजेट आएको पनि पुनले बताए ।

‘काठमाडौंमै कुनै शुल्क नै नलिइ पूर्वाधार बनाउने, सातै प्रदेशमा नीति तथा कार्यक्रममा आएकै कार्यक्रमलाई अगाडि बढाउने सहितको योजनाका साथ बजेट आएको छ’ उनले भने ।


क्लिकमान्डु