सहकारी ठगी: संसदीय छानविन समिति गठनबारे महासंघले गर्यो स्वागत, सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनेपछि राष्ट्रिय सहकारी महासंघले स्वागत गरेको छ ।

सहकारीबाट बचतकर्ताहरुको बचत दुरुपयोग भएपछि सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समिति गठन गरेकोप्रति राष्ट्रिय सहकारी महासंघले स्वागत गरेको छ ।

‘परिस्थितिको गम्भीरतालाई बुझेर सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेकोमा सरकारको प्रशंसा गर्दै समितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख छ ।

संसदीय छानबिन समिति र क्षेत्राधिकार निर्धारण गर्ने कार्यदलसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विस्तृत अनुसन्धान र आवश्यक उपायहरूको कार्यान्वयनलाई सहजीकरण गर्न महासंघले सहकारी संघ संस्थालाई समेत आवश्यक सहयोग प्रदान गर्न आव्हान गरेको छ ।

‘राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सहकारीको सिद्धान्तलाई मजबुद बनाउने कार्यमा सरकारको यो कदमले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ’ जारी विज्ञप्तिमा भनेको छ ‘साथै पिडित बचकर्ता(सदस्य)हरुको बचत रकम छिटो भन्दा छिटो फिर्ता गर्ने वातावरण मिलाउन महासंघले विगतदेखि सरकारसँग माग गर्दै आएकोले यस विषयमा सरकारसँग संवेनशिल भएर दु्रतगतिमा कार्य अगाडि बढाउँनसमेत माग गर्दछौं ।’

सहकारी आन्दोलनको दिगो विकास र पुर्नजागरणलाई सुनिश्चित गर्दै सरकार र सरोकारवालाहरूको सहकार्यात्मक प्रयासले रचनात्मक परिणाम ल्याउनेमा महासंघ विस्वस्त रहेको जनाएको छ ।


क्लिकमान्डु