प्रि-ओपन सेसनमा आधा करोड बढीको कारोबार, बजार २०.४८ अंकले बढ्यो



काठमाडौं । प्रि–ओपन सेसनमा सेयर बजारमा उल्लेख्य सुधार आएको छ । बजार २०.४८ अंकले बढेको छ ।

बजार २०.४८ अंकले बढेर परिसूचक २१३३.७२ बिन्दु कायम भएको छ । ८६ कम्पनीको १७ हजार ३ सय ५४ कित्ता सेयर ६० लाख ८९ हजार रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा ७५ कम्पनीको मूल्य बढेको छ भने ७ वटाको घटेको छ ।


क्लिकमान्डु