ऋणको साँवा र ब्याज तिर्न ४ खर्ब २ अर्ब रुपैयाँ खर्च हुने



काठमाडौं । सरकारले आगामी वर्ष ऋणको साँवा र ब्याज भुक्तानीमा ४ खर्ब २ अर्ब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

अर्थ मन्त्रालयले आन्तरिक र बाह्य ऋणको साँवा चुक्ता गर्न २ खर्ब ९८ अर्ब रुपैयाँ तथा ब्याज तिर्न १ खर्ब ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा वैदेशिक ऋणको ब्याज भुक्तानीमा ११ अर्ब ९५ करोड रुपैयाँ तथा आन्तरिक ऋणको ब्याज भुक्तानीमा ९१ अर्ब १७ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

यस्तै, आन्तरिक ऋणको सावाँ चुक्ता गर्न २ खर्ब ४५ अर्ब रुपैयाँ र बाह्य ऋणको साँवा फिर्तामा ५३ अर्ब ९४ करोड रुपैयाँ हुने खर्च हुने अनुमान गरिएको छ ।

आगामी वर्ष साँवा फिर्तामा करिब ३ खर्ब खर्च हुने भए पनि सरकारले आगामी वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण तथा २ खर्ब १७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने अनुमान सार्वजनिक गरेकाले आगामी वर्ष सरकारको कुल ऋण करिब २ अर्ब रुपैयाँ भन्दा बढीले बढ्ने देखिन्छ । चालु आर्थिक वर्षमा ऋणको साँवा तिर्नका लागि झण्डै ३ खर्ब खर्च हुने सरकारले अनुमान गरेको छ ।


क्लिकमान्डु