औद्योगिक प्रयोजनको लागि पेट्रोलिय बिटुमिनमा दिएको छुट हट्यो



काठमाडौैं । अब उद्योगले आफ्नो प्रयोजनका लागि आयात गर्ने पेट्रोलियम पदार्थमा छुट नपाउने भएका छन् ।

सरकारले औद्योगिक प्रयोजनको लागि पेट्रोलिय बिटुमिनमा दिएको छुट हटाएका कारण उद्योगीले अब भन्सार महसुल पुरै तिर्नुपर्ने भएको हो ।

उद्योगले आफ्नो उत्पादनको प्रयोजनका लागि आयात गर्ने पेट्रोलियम विटुमिनमा लाग्दै आएको ५० प्रतिशत भन्सार महसुल छुट हटेको कारण पुरै तिर्नुपर्ने भएको हो ।

अब उद्योगीले आयात गर्ने पेट्रोलिय र बिटुमिनमा सार्क मुलुकमा प्रति किलो ७ रुपैयाँ २५ पैसा र अन्य मुलुकबाट आयात गर्दा १५ प्रतिशत रुपैयाँमा ५० प्रतिशत पाउने गरेका थिए । अब सबै भन्सार लाग्ने भएको छ ।


क्लिकमान्डु