आलु-प्याजमा भ्याट खारेज गरेर अर्थमन्त्रीले १५% भन्सार लगाए, आयातित वस्तु २०% महँगिने



काठमाडौं । सरकारले आलुमा भ्याट हटाएर भन्सार दर बढाएको छ । आलुप्याजमा गत वर्षदेखि लगाएको भ्याट कार्यान्वयन गर्न नसकेपछि सरकारले यो वर्ष हटाएको छ ।

आलु, प्याज, स्याउमा भारत र चीनबाट स्थलमार्गबाट आउँदा १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको थियो । तर, आगामी आर्थिक वर्षको बजेटमा १३ प्रतिशतको भ्याट हटाएर त्यसको भार भन्सारमा थप गरेको छ ।

अर्थमन्त्री वर्षामान पुनले २०८१/८२ को बजेटमार्फत आगामी आर्थिक वर्ष सरकारले अब भने नयाँ व्यवस्था गरेको छ । सरकारले अब भ्याट हटाएर १५ प्रतिशतले भन्सार शुल्क लगाएको छ । यसअघि १० प्रतिशतमात्रै भन्सार दर लगाएको भए पनि भारत तथा तिब्बतबाट स्थालमार्ग हुँदै आउँदा भने भन्सार शुल्क छुट दिएको थियो ।

सरकारले खबटासहितको काजुमा भन्सार दर घटेको छ । यसअघि १५ प्रतिशत रहेको भन्सार दर अब १० प्रतिशत मात्रै हुने भएको छ । मसलामा भने २० प्रतिशतबाट भन्सार बढाएर ३० प्रतिशत पुर्‍याएको छ । यसले गर्दा भन्सार शुल्कका कारण काजु, पेस्ता बदामसहितमा भने १० प्रतिशतले भन्सार दर बढेको छ ।

यससँगै सरकारले औषधोपचार, शल्य चिकित्सा, दन्तोपचारमा पशु चिकित्सामा प्रयोग हुने सामान भने १० प्रशितशतले भन्सार बढेको छ । साथै टेबुलका सामग्रीमा ५ प्रतिशतले भन्सार बढाएको छ । यसअघि १५ प्रतिशत मात्रै रहेको भन्सार दर बढेर २० प्रतिशत पुगेको छ । सरकारले ग्यास भर्न मिल्ने लाइटरको भन्सरा दर ५ प्रतिशतले बढाएको छ । लाइटरमा यसअघि १५ प्रतिशत रहेको भन्सारलाई ३० प्रतिशत बनाएको छ ।


क्लिकमान्डु