चुरोट र गुट्खाको बढ्ने भयो मूल्य, भेपमा लाग्यो भारी कर



काठमाडौं । सरकारले चुरोट, बिँडी तथा गुट्खामा कर बढाएको छ । आर्थिक एनेमार्फत् सिगार, फिल्टर नभएको चुरोट, फिल्टर भएको चुरोट, बिँडी, खैनी तथा गुट्खामा कर बढेको हो ।

जसअनुसार सिगरमा प्रतिखिल्ली ३१ रुपैयाँ अन्तःशुल्क लाग्नेछ । यसअघि यस्तो दर ३० थियो । यसैगरी फिल्टर नभएको चुरोटमा प्रतिमिटर ७५५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ भने फिल्ट भएको चुरोटमा १७४० देखि ४२०० सम्म लाग्नेछ । यसअघि यस्तो चुरोटमा १६९० देखि ४०८० सम्म थियो ।

यता बिँडीमा प्रतिमिटर ९६ रुपैयाँ अन्तःशुल्क लाग्नेछ भने खैनी र गुट्खामा अन्तःशुल्क प्रतिकिलो ४५० बाट बढेर ४८० पुगेको छ ।

यसैगरी भेपमा भारी कर लाग्ने भएकाे छ । यसअघि भेप वा इलेक्ट्रिक सिगरेटमा प्रतिगोटा ३० रूपैयाँ अन्तःशुल्क लाग्ने गरेको थियो । अब भने निकोटिनयुक्त भेपमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ ।

कुनमा कति लाग्ने भयो कर ?


क्लिकमान्डु