सहकारीका विषयमा संसदीय छानबिन समिति गठन, सभापतिमा थापा



काठमाडौं । प्रतिनिधि सभाबाट सहकारीको रकम अपचलनबारे छानबिनका लागि संसदीय समिति गठन भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकले ७ सदस्यीय सहकारीका विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको हो ।
सभामुख देवराज घिमिरेले सदस्यहरुको नाम बैठकमा पेस गरेका थिए ।

समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्य थापा र सरिता भुषाल रहने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेने छन् ।

थापालाई समितिको सभापति तोकिएको छ ।

आज छानबिन समितिको कार्यादेश तय गर्न बनाइएको कार्यदलले ७ सदस्यीय संसदीय छानबिन समिति गठनको निर्णय गरेको थियो । समितिलाई ३ महिनाको समयावधि तोकिएको छ ।


क्लिकमान्डु