सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन सोमबारको तुलनामा तोलामा ४०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी सोमबारको तुलनामा मंगलबार प्रतितोला ४० रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।


क्लिकमान्डु