गण्डकीको मुख्यमन्त्रीबारे सर्वोच्चको परमादेश-४८ घण्टाभित्र पाण्डेलाई नियुक्त गर्नू



काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ ।

एमालेका खगराज अधिकारीले मुख्यमन्त्रीको रुपमा विश्वासको मत लिएको प्रक्रियालाई अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको हो ।

प्रदेश सभामुख कृष्णप्रसाद धितालले ६० सदस्यीय प्रदेशसभामा ३० जनाको समर्थनमा नै अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेसका पाण्डे उक्त प्रक्रिया विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोमबार उक्त रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले ४८ घण्टाभित्र मुख्यमन्त्रीमा पाण्डेलाई नै नियुक्त गर्न परमादेश जारी गरेको हो । यससँगै अधिकारी पदमुक्त भएका छन् ।


क्लिकमान्डु