कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

नागरिकता कीर्ते उजुरीमा गत मंगलबार सिरोहिया थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका थिए । अचानक अस्वस्थ भएपछि गत शुक्रबार उनलाई प्रहरीले काभ्या अस्पतालमा लगेको थियो । सोमबार सिरोहियालाई अस्पतालबाटै अदालतमा उपस्थित गराएको हो ।

सिरोहियाको नागरिकतामा गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाएकाले रिपोर्ट आउन समय लागेकाले प्रहरीले अदालत समक्ष म्याद थपको अनुमति मागेको थियो ।

सिरोहियाले फरक फरक नम्बरका नागरिकता लिएको भन्दै रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषामा उजुरी दिएका थिए । प्रहरीले सिरोहियालाई पक्राउ गरी धनुषा लगेको थियो । सिरोहियामाथि अनुसन्धानका लागि सोमबार प्रहरीले अदालत समक्ष दोस्रो पटक म्याथ थपको अनुमति मागेको हो ।


क्लिकमान्डु