कामना सेवा विकास बैंकका ग्राहकलाई ड्रिम होटलमा छुट



काठमाडौं । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरुलाई रुपन्देहीस्थित ड्रिम इन्टरनेसनल होटलले विभिन्न सुविधामा छुट दिने भएको छ । बैंकको बुटवल शाखा र होटलबीच छुट सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुले बैंकसँगको आवद्धता भएको प्रमाणका आधारमा लजिङ, फुडिङ लगायतका सुविधामा १५ प्रतिशतसम्म छुट पाउने छन् । यस सम्झौताबाट बैंकका सबै ग्राहकले लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु