प्रशिक्षण तथा अनुसन्धानका लागि छुट्याएको बजेट ९६.१९% खर्च, सहकारीमा समस्या ज्यूँ का त्यूँ



काठमाडौं । सरकारले सहकारी प्रशिक्षण तथा अनुसन्धानका लागि छुट्याएकोमध्ये ९६.१९ प्रतिशत बजेट खर्च भएको छ । त्यसको प्रगति भने अपेक्षा अनुसार नभएको पाइएको छ ।

प्रशिक्षणका लागि छुट्याएको बजेट खर्च प्रभावकारी रुपमा भएपनि सहकारी संस्थाका समस्या समाधान हुने गरी कार्यक्रम नभएको पाइएको छ । बजेट खर्चमा प्रगति उल्लेख्य भएपनि सहकारीका समस्या ज्यूँ का त्यूँ रहेका छन् ।

महालेखापरीक्षकको कार्यालयको ६१ औं प्रतिवेदनले सहकारी प्रशिक्षण तथा अनुसन्धानका लागि छुट्याएको सबै बजेट खर्च भएको देखाएको छ ।

‘सहकारी प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम तर्फ ९९ प्रतिशत भौतिक प्रगति भएता पनि सहकारीमा हाल देखिएको समस्या समाधान गर्ने गरी प्रशिक्षण तथा अनुसन्धान कार्यक्रम सञ्चालन भएको देखिएन’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनले बजेट विनियोजन, खर्च र उपलब्धिलाई कर्मचारीको कार्यसम्पादन मूल्याङकनसँग आबद्ध गरी तोकिएको प्रगति हासिल गर्नुपर्ने सुझाव दिएको छ ।

गत आवको असार मसान्तसम्म ३ करोड ९७ लाख ९५ हजार रुपैयाँ विनियोजन रहेकामा वित्तीय प्रगति ९६.१९ प्रतिशत र भौतिक प्रगति ९९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु