सार्वजनिक संस्थानमा सरकारको साढे ६ खर्ब लगानी प्रतिफल १३ अर्ब ७५ करोड मात्रै



काठमाडौं । सरकारले सार्वजनिक संस्थामा साढे ६ खर्ब रुपैयाँ लगानी गरेको भएपनि त्यसवापत प्राप्त लाभांश जम्मा साढे १३ अर्ब ७५ करोड रुपैयाँ मात्रै छ ।

सार्वजनिक संस्थानबाट सरकारले आर्थिक वर्ष २०७९/८० मा १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ लाभांश पाएको छ । यस्तो लाभांश ५ वर्ष अगाडि ९ अर्ब ४७ करोड रुपैयाँ थियो ।

सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सम्ममा नेपालका सार्वजनिक संस्थानमा गरेको कुल ऋण लगानी ६ खर्ब ६४ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तो लगानीबाट प्राप्त लाभांश भने कुल सरकारी लगानीको तुलनामा २.०६ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ ।

सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वित्तीय अवस्थाको प्रतिवेदन अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तालिकामा सरकारले गरेको शेयर तथा ऋण लगानीबाट भएको लाभांश न्यून देखिएको छ ।

तथ्यांकअनुसार सरकारले हालसम्म ४२ वटा सार्वजनिक संस्थानमा ३ खर्ब ५६ अर्ब रुपैयाँको शेयर लगानी गरेकोे छ भने ३ खर्ब ८ अर्बको ऋण लगानी गरेको छ ।


क्लिकमान्डु