सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सहकारी ठगीमा सहभागीमाथि कारबाहीको माग गर्दै कांग्रेसले प्रदर्शन गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै लगातार संसदमा प्रदर्शन गरिरहेको कांग्रेसले आइबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता पनि सहभागी भएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना भएको प्रदर्शनका सहभागीले सहकारी ठगीमा संलग्नमाथि कारबाहीको माग गरेका थिए।


क्लिकमान्डु