प्रभु बैंकका कर्मचारी र ग्राहकलाई मनाङको फार्म हाउस होटलमा छुट



पोखरा । हिमाल पारिको जिल्ला मनाङमा अवस्थित फार्म हाउस होटलले प्रभु बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई सेवामा विशेष छुट दिने भएको छ । फार्म हाउस होटल र प्रभु बैंकबीच शुक्रबार एक समारोहबीच सम्झौता भएको हो ।

फार्म हाउस होटलका तर्फबाट प्रोपाइटर समराज गुरुङ र प्रभु बैंक लिमिटेडका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । एग्रो मनाङ प्रालिद्वारा संचालित फार्म हाउस होटल बिगत पाँच वर्षयता संचालनमा आएको मनाङ जिल्लाकै सुविधासम्पन्न होटलको रुपमा चिनिन्छ ।


क्लिकमान्डु