सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुखः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए ।

अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको उनले बताए ।

प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै उनले प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए । प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नभएको उनको भनाइ छ ।

महामन्त्री थापाले नेपाली कांग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिसँग जोडिएको बताए ।

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।


क्लिकमान्डु