सहकारी ठगेर देश बर्बाद पार्नेलाई सरकारले जोगाउँदा लोकतन्त्र खतरामा: चित्रबहादुर केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी ठगेर देशलाई बर्बाद पार्नेहरूलाई सरकारले जोगाउन खोजिराख्नु लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको टिप्पणी गरेका छन् ।

सहकारी ठगीमा नाम नोडिएका गृहमन्त्री रवि लामिछानेमाथि सरकारले छानबिन गर्नका लागि इन्कार गरिरहेको विषय लक्षित गर्दै सांसद केसीले कटाक्ष गरेका थिए ।

साथै सहकारी घोटालाको विषयलाई बेवास्ता गर्दै सरकारले जबर्जस्ती संसद्‍को कामकारबाही अगाडि बढाएकोमा जनमोर्चाको विरोध रहेको पनि नेता केसीले बताएका थिए । आइतबार सहकारी ठगीबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनलाई र्थिक सर्वेक्षण पेस गर्ने अनुमति दिएका थिए ।

जनमोर्चाका सांसद केसी र मकिपाका सांसद प्रेम सुवाललाई भने सभामुखले बसेकै ठाउँमा उभिएर बोल्नका लागि आग्रह गरेका थिए ।


क्लिकमान्डु