चौधरी ग्रपुको सीजी फुड्सले ६ महिनामा गर्‍यो ४ अर्ब १४ करोडको कारोबा



काठमाडौं । चौधरी ग्रुपको सीजी फुड्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा ४ अर्ब १४ करोड ९० लाखको कारोबार गरेको छ । गत आर्थिक वर्ष २०२३ मा भने कम्पनीले ९ अर्ब ११ करोड ६० लाखको कारोबार गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०२२ मा ८ अर्ब १५ लाख कारोबार गरेको थियो भने २०२१ मा ७ अर्ब २३ करोड ४० लाखको कारोबार गरेको थियो । कम्पनीले ९९ करोड ५५ लाखको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको छ ।

सीजी फुड्स लिमिटेड चौधरी ग्रुप अन्तर्गतको सबैभन्दा पुरानो कम्पनीमध्ये एक हो । जसले चाउचाउ, पेय पदार्थ, विभिन्न किसिमका फास्टफुड तथा रेडिमेड खाजाहरु उत्पादन गर्दै आएको छ । १९८४ मा थाइल्यान्डको खाद्य कारखानासँगको प्राविधिक सहकार्यमा यो कम्पनी काठमाडौंमा सुरु भएको थियो ।

हाल यस कम्पनीले रियो, क्विक्स र वाइवाइ जस्ता खाजा र पेय पदार्थका विभिन्न ब्रान्ड बजारमा विक्री गर्दै आएको छ । चौधरी ग्रुप प्रतिष्ठित व्यापारिक घरानाको रुपमा विश्वभर चिनिएको नेपाली कम्पनी हो । यस कम्पनीमा सबैभन्दा धेरै हिस्सा निर्वाण चौधरीको ७६ प्रतिशत सेयर छ ।

यस्तै अपोलो इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ०.२ प्रतिशत र बाँकी विभिन्न कम्पनीको नाममा सेयर रहेको छ । गत वर्ष २०२३ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ ।


क्लिकमान्डु