गुजरातको मनोरञ्जन पार्कमा भीषण आगलागीः मृत्यु हुनेको संख्या २७ पुग्यो



एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परि मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।

बीबीसीका अनुसार मृतमा बालबालिका पनि रहेका छन् ।

राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भने, ‘गुजरातको राजकोट जिल्लाको गो-कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा मानिसहरुको मृत्यु भएको छ ।’

‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नामका व्यक्तिको स्वामित्वमा छ ।

आगो यति ठूलो थियो कि धुँवा ५ किलोमिटर परबाट पनि देखिएको थियो ।

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन ।

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने बताइएको छ ।


क्लिकमान्डु