सिरोहियालाई थप ३ दिन हिरासत



काठमाडाैं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले सिरोहियामाथी लागेको आरोपको पक्ष र विपक्षीको बहस सुनेपछि थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा लगेको थियो ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतसमक्ष अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको थियो । पहिलो पटक दिइएको समय सकिएपछि शुक्रबार पुनः ५ दिन हिरासितमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेकोमा अदालतले ३ दिनको मात्र समय दिएको छ ।


क्लिकमान्डु