बालुवाटारमा कांग्रेस, एमाले र माओवादीको बैठक, के भयो कुराकानी ?



काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको बैठकबालुवाटारमा बसकेो छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच छलफल भएको छ । छलफलमा कांग्रेसले नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु