४ दिनमा ४ हजार ९ सयले घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ ।

गत मंगलबारदेखि घटिरहेको सुनको भाउ आज पनि घटेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबारदेखि शुक्रबारसम्म ४ हजार ९ सय रुपैयाँ घटेको छ ।

मंगलबार १ हजार २ सय, बुधबार १ सय रूपैयाँ, बिहीबार १ हजार ८ सय रूपैयाँ र शुक्रबार पनि प्रतितोला १ हजार ८ सय रूपैयाँ गरी सुनको मूल्य घटेको हो ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु