जीडीपीको ४२% पुग्यो सार्वजनिक ऋण, वैशाखसम्ममा २४ खर्ब नजिक पुग्यो ऋणभार



काठमाडौं । सरकारको सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादनको आधारमा ४२.०२ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको यस्तो ऋणभार २३ खर्ब ९७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

सरकारको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नजिक आइपुग्दा नेपालको जनसंख्याका आधारमा आम नेपालको भागमा औषत ८२ हजार २ सय रुपैयाँ ऋणभार पर्ने देखिएको छ । नेपालको जनसंख्या २०७८ को जनसख्ंयाका आधारमा २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

सरकारको कुल ऋणमध्ये आन्तरिक ऋणको ११ खर्ब २९ अर्ब १० करोड रुपैयाँ छ भने बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारले प्राप्त गरेको ऋण २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ मात्रै यस्तो ऋणमा गत असारसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

सरकारले यो आर्थिक वर्षको वैशाखसम्ममा मात्रै १ खर्ब ६६ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा व्याजसहितको रकम तिरेको छ । यसरी भुक्तानी भएको रकममा १ खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋणको लागि र ७३ अर्ब ६३ करोड रुपैयाँ बाह्य ऋणको किस्ता किस्ता भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापनक कार्यालयले सार्वजनिक गरेको वैशाखसम्ममको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु