कैलाश सिरोहिया पक्राउ पर्दैमा रुवाबासी गर्नुपर्दैन: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी)गर्नु नपर्ने बताएका छन् ।

झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सिरोहिया पक्राउ रुवाबासी गर्ने विषय नभएको बताए ।

ओलीले समाचार लेखेको विषयमा उनी पक्राउ नपरेको भन्दै यसलाई सञ्चारमाथिको हमला भन्न उपयुक्त नभएको बताए ।
‘ह्यु एण्ड क्राई(रुवाबासी) भन्छन् नि ! त्यो भइराखेको छ । त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई,’ उनले भने, ‘विवादको विषय हुन सक्छ । जन्मकैद गर्न खोजेको होइन । सञ्चारमाथिको हमला भनेर !’

सरकारले सिरोहियामाथि छानबिन गर्नुपर्ने देखेको हुनसक्ने उनको भनाइ छ । ‘पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यो समाचार प्रकाशित गर्‍यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो,’ ओलीले भने ।

कैलाश सिरोहिया पक्राउबारे ओलीले यसो भने

जस्तो ह्यु एण्ड क्राई(रुवाबासी) भन्छन् नि ! त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई । विवादको विषय हुन सक्छ । जन्मकैद गर्न खोजेको होइन । सञ्चारमाथिको हमला भनेर! पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ । किन यो समाचार प्रकाशित गर्‍यो? किन यस्तो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो ।

कोही समाउँदाखेरि, मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरी हल्लिन, कराउन, दुनियाँ गर्न नपर्ने ? डेमोक्रेसी कसरी खतरामा परिहाल्यो त ? एकजना मिडिया हाउसका मानिस गिरफ्तार हुँदा? सही हो या गलत म त्यता जान चाहन्नँ । टाइमिङ ठीक भयो कि भएन त्यो बेग्लै कुरा होला तर डेमोक्रेसी नै खतरा परिहाल्यो त ? के अब सञ्चारका हक खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो त्यही गर्नु राम्रो हुन्छ ।

उनले (सिरोहियया) के लेखेको भरमा पक्राउ पुर्जी जारी गरेको हो ? लेखेको आरोप उनीमाथि लागेको छ ? म त यता छु, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन । देशमा सबै कानुको मातहतमा छन् भन्ने बझ्नु र मान्नु पर्छ ।


क्लिकमान्डु