माइडिया ब्रान्डको डिसवासर बजारमा, यस्ता छन् सुविधा



काठमाडौं । वर्ल्ड नम्बर वान अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक बीएलडीसी (BLDC) मोटर र WiFi आधारित आईओटी स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको मिडिया ब्राण्डको नयाँ डिसवासर नेपाली बजारमा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय माइडिया ब्रान्डको डिसवासर नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त उत्साहित रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

उक्त डिसवासर नेपाली परिवारको लागि उपयुक्त हुने र १२ प्लेट सेटिङले ठूलो परिवारका लागि उपयुक्त क्षमता प्रदान गर्ने बताइएको छ । साथै यसले नेपाली भान्सामा प्रयोग हुने विभिन्न प्रकारका चिल्ला भाँडाहरु पनि सजिलै सफा गर्छ । यो डिसवासरमा एलईडी लाइट र डिस्प्ले इन्डिकेटर पनि छ । साथै आफैं सफा हुने फिल्टर सिस्टमले मर्मत र सफाइको सुविधा पनि दिने गर्छ ।

यस्तै माइडिया डिसवासरले विशेषगरी सफाइ र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको बताइएको छ । यसको एण्टी ब्याक्टेरियल फिचर र अल्ट्रा हाइजीन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र किटाणुबाट सुरक्षित राख् छ।

यो डिसवासर दुई तहको बास्केटसहित आउँछ । जसले विभिन्न आकार प्रकारका भाँडाहरू राख्न सजिलो बनाउँछ । बटन कन्ट्रोल प्रणालीले पनि सहज सरसफाइको सुविधा दिन्छ । साथै, यो बालबालिकाका लागि सुरक्षामैत्री हुने बताइएको छ ।

यस्तै डिसवासमा डिले टाइमर समेत छ । जसले प्रयोगकर्ताले चाहेको समयमा डिसवासर संचालन गर्न सक्छन् । ८ प्रकारका प्रोग्राम सेटिङ्सले विभिन्न धुलाई आवश्यकता पूरा गर्नमिल्ने पनि बताइएको छ । यस्तै पावर वास विकल्पले अत्यधिक फोहोर भाँडाहरुलाई सफाइ गर्नमिल्ने बताइएको छ ।

मिडिया डिसवासरले भान्साको कामलाई सरल, सफा र सुविधाजनक बनाउने पनि अपेक्षा गरिएको छ । यसका अत्याधुनिक प्रविधि र सुविधालाई हेर्दा आधुनिक परिवारहरूको आवश्यकता र व्यस्ततालाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यससँगै सीजी इलेक्ट्रोनिक्सले सधैं गुणस्तरीय र प्रविधियुक्त उत्पादनहरू नेपाली बजारमा ल्याउन प्रतिबद्ध रहेको पनि जनाएको छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोभन ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।


क्लिकमान्डु