प्रभु बैंकका कर्मचारीलाई होटल सरोवर र किङ्स लाउन्जमा छुट



पोखरा । पर्यटकीय नगरी पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रालि र किङ्स लाउन्ज पोखराले प्रभु बैंकका कर्मचारी, ग्राहक र कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुट दिने भएका छन् । मंगलबार छुट्टाछुट्टै समारोहमा प्रभु बैंकसहित तीन कम्पनीबीच विशेष छुटको सम्झौता भएको हो ।

नयाँ सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । यस्तै किङस लाउन्ज पोखरामा पनि उपलब्ध खाना, नास्ता तथा मनोरञ्जन सुविधामा विशेष छुट दिइने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यस्तो सुविधा सहजै प्राप्त गर्न सक्ने बताइएको छ । होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेश प्रमुख अधिकृत राजु रानामगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय प्रा.डा. भरत पहारीद्वारा सञ्चालित होटल सरोवर पोखराको लेकसाइडमा एकै छानामुनि अत्याधुनिक सेवा तथा सुविधा उपलब्ध छन् । यस्तै किङस लाउन्ज पोखरामा युवा तथा संगीतप्रेमीहरुमाझ लोकप्रिय होटल तथा रेष्टुरेण्टको रुपमा चिनिन्छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले देशभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्स्टेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । जुन बैंक हालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट पनि सम्मानित भएको छ ।

“विश्वास लिन्छौं विश्वास दिन्छौं” मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ । सम्झौता समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी, होटल सरोवरका म्यानेजर मनिष श्रीवास्तव तथा किङस लाउन्ज पोखराका प्रबन्धक मदन श्रेष्ठ लगायत उपस्थित थिए ।


क्लिकमान्डु