परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार



काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्तिको रुपमा राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ मात्रै देखिएको छ ।

सम्पत्ति विवरण फारम भर्ने क्रममा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् ।

सेवासुविधाको रुपमा पाएको रकम वाहेक अचल सम्पत्तिको रुपमा उनको अन्यत्र सम्पत्ति देखिएको छैन । यस्तै उनले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका लागि उपलब्ध महिन्द्रा गाडी नै प्रयोग गर्दै आएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।


क्लिकमान्डु