संसदमा विकसित घटनाक्रमहरु सुखद् छैनन्ः माधव नेपाल



धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुखद् नरहेको बताएका छन् ।

मंगलबार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा उनले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए । संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने उनले बताए ।

‘यो सरकारमा हामी सामेल छौँ, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित सबै घटक सदस्यहरुको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ, हामी देशका सबै शक्तिहरुसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ,’ उनले भने, ‘संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ति घटनाहरु वास्तवमा सुखद् छैनन् । त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ ।’

अध्यक्ष नेपालले कुनै पनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको बताए ।


क्लिकमान्डु