प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट पार्टी फुटाएका सांसदलाई रोक्न यादवले दायर गरेको रिटमा सुनुवाइ हुँदै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दल छाडेका ७ जना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न आइतबार दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

जसपा नेपाल फुटाएका अशोक राईको नेतृत्वमा संघीय संसदका ७ जना सांसद रहेका छन् ।

पार्टी फुटकाएका सांसदहरुले पद गुमाइसकेको दाबी यादवको छ । उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर यादवले गरेका छन् ।

वैशाख २३ जसपा नेपालबाट विभाजित भएको नयाँ जसपालाई वैशाख २४ गते निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको थियो । सो मुद्दामा सर्वोच्चले दुवै पक्षलाई मंगलबार छलफलका लागि बोलएको छ ।


क्लिकमान्डु