कांग्रेस सांसदहरु उपस्थित नभएपछि कार्यव्यवस्था परामर्शको बैठक बस्न सकेन, संसद बस्ला ?



काठमाडौं । प्रतिनिधि सभा बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समिति बैठक प्रभावित भएको छ ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण समितिको बैठक प्रभावित भएको हो ।

संसद बैठकको कार्यसूची तय गर्न सभामुख देवराज घिमिरेले आज बिहान १० बजे कार्यव्यस्थाको बैठक बोलाएका थिए । तर कांग्रेसका सांसदहरु बैठकमा नआएपछि कार्यव्यवस्थाको बैठक बस्न नसकेको हो ।

कांग्रेसको सवा १० बजेदेखि पार्टी संसदीय दलको बैठक बैठक बसेपछि कार्यव्यवस्था प्रभावित भएको हो ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गरेका छन् । तर नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद चल्न नदिने चेतावनी दिएको छ ।

समिति बनाउने विषयमा दलहरु सहमत भए पनि त्यसको कार्यादेशका विषयमा कुरा मिल्न नकस्दा समिति बन्न सकेको छैन ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ ।


क्लिकमान्डु