रवि लामिछानेको राजीनामा माग्दै माइतीघरमा नेविसंघको प्रदर्शन



काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार माइतीघरमा प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै संसदमा बिरोध प्रदर्शन गर्दै आएको छ ।

तर सहकारी ठगीबारे अनुसन्धान गर्न दलहरुबीच सहमति भएको छ । त्यसका लागि गठन भएको कार्यदलले कार्यादेशबारे छलफल गरिरहेको छ ।

तस्बिरहरु


क्लिकमान्डु