संसद बैठकअघि छलफलमा जुटे विपक्षी दल



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरु छलफलमा जुटेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अग्रसरतामा बैठक बसिहरकेो हो । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा वानेश्वरमा विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

विपक्षी दलहरुको बैठक सहकारी ठगीको विषयमा साझा धारणा बनाउने विषयमा केन्द्रित छ ।

सहकारी प्रकरणमा संसदीय समिति बनाउने शनिवार दलहरुबीच सहमति भएको छ । यससँगै आज संसद बैठक बस्ने सम्भावना बढेको छ । संसद बैठक ११ बजेका लागि बोलाइएको छ ।


क्लिकमान्डु