सरकारले अध्यादेशबाट बजेट ल्याउनेबारे सोचेको छैन: योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने बताएका छन् ।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समीकरण सुविधाजनक बहुमतमा भएको बताए ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिन प्रतिनिधि सभामा पत्राचार गरेको भन्दै प्रधानमन्त्रीले सुविधानजनक बहुमतका साथ विश्वासको मत पाउने उनले बताए ।

सरकारले अध्यादेशमा बजेट ल्याउने नसोचेको भन्दै मुलुक अध्यादेशमा जान्छ जाँदैन भन्नेकुरा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा निर्भर भएको बताए ।

उनले सरकारी समस्याको सन्दर्भमा कुनै खास व्यक्तिलाई केन्द्रित गरेर छानबिन समिति बनाउन सत्तापक्ष सहमत नभएको स्पष्ट पारे ।

सांसद भट्टराईले आइतवारसम्ममा कांग्रेस आफ्नो हठबाट पछि हट्ने विश्वास व्यक्त गरे ।


क्लिकमान्डु