रवि लामिछानेको राजीनामा माग्दै संसद् भवनअघि नेविसंघको प्रदर्शन, दर्जन बढी पक्राउ (तस्बिरहरु)
काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।
नेविसंघले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वर अघि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी १२ जनाभन्दा बढी नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै संसदमा बिरोध प्रदर्शन गरिरहेको छ ।