संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको पहल, कांग्रेसलाई छलफलका लागि बोलाए



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकका सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूबिच धकेलाधकेलको स्थिति भएपछि आज बिहानैदेखि दुवै पक्ष आ–आफ्ना रणनीति बनाइरहेका छन् ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखिरहेको कांग्रेसले आज विपक्षी अन्य दलसँग संयुक्त छलफल गरेको थियो ।

विपक्षी मोर्चाको उक्त बैठकले संसदीय छानबिन समिति नै चाहिने निष्कर्ष निकालेको छ भने सत्तापक्षका दलहरुले पनि छलफल गरेका छन् ।

आज ११ बजेलाई बोलाइएको संसद बैठक २ बजेसम्मलाई स्थगित गरिएको छ ।


क्लिकमान्डु