संसद्‍मा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

आजको लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई खबर गरेको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भए पनि १२ बजेसम्म सुरु हुन सकेको छैन ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग कांग्रेसले गरिरहेको छ भने सत्ता पक्षले समिति बनाउन आलटाल गरिरहदा संसदमा टकराब देखिएको छ ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष कांग्रेसले अवरोध गरेको छ ।


क्लिकमान्डु