अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको आदेश



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको हो ।

सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै यही जेठ ८ गतेको पेसी तोकेको छ ।

अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको थियो । उनले ७ सांसद लिएर जसपा नेपाल फोडेका हुन् ।


क्लिकमान्डु