आज प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबारको तुलनामा सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु