१ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सरकारले सहुलियत कर्जा दिने




काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न कर्जा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले नवप्रवर्तन तथा राष्ट्रिय स्टार्टअप अभियान सञ्चालन गर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले प्राज्ञिक संस्थासँग सहकार्य गर्ने र सातै प्रदेशमा विजनेश इक्युभेसन सञ्चालन गरेर स्टार्टअपलाई प्रवद्र्धन गर्ने बताएका छन् ।

यसवाहेक सरकारले सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने भएको छ । साथै बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिएको छ ।

यस्तै बजेट विनियोजन कुशलता कायम गर्ने र राजस्वको नयाँ स्रोत खोज्ने पनि राष्ट्रपति पौडेलले बताए । साथै बजेट विनियोजन प्रणालीमा सुधार गरिने पनि बताइएको छ ।


क्लिकमान्डु