बजेट विनियोजन कुशलता कायम गर्ने र राजस्वको नयाँ स्रोत खोज्ने नीति तथा कार्यक्रमको घोषणा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेट विनियोजन प्रणालीमा सुधार गरिने बताएका छन् ।

संघीय ससदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले बजेट निर्माणमा देखिएका समस्या क्रमश समाधान गर्दै जाने बताए ।

नीति तथा कार्यक्रम मार्फत सरकारले राजस्वका नयाँ स्रोत खोजी गर्ने तथा करदाताको कर चुक्ता गर्न लाग्ने लागत घटाउने घोषणा गरेको हो ।

नीति तथा कार्यक्रममा विनियोजन कुशलता कायम गर्ने घोषणा गरिएपनी व्यवहारमा सरकारले पूर्वतयारी नभएका, खुद्रे प्रकृतिका परियोजनामा बजेट विनियोजना गरिरहेको छ ।

अन्धाधुन्ध आन्तरिक ऋण लिँदै उत्पादन नबढ्ने क्षेत्रमा खर्च गरिरहेको सरकारले नीति तथा कार्यक्रम मार्फत् आन्तरिक ऋणलाई उत्पादन बढाउने क्षेत्रमा मात्रै खर्च गर्ने गर्ने घोषणा गरेको हो ।


क्लिकमान्डु