एनआईसी एशिया बैंक र क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान संचालन गरी एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट निक्षेप सदस्य अन्तर्गतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

उक्त ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान मार्फत देशको दूरदराजमा बसोबास गर्ने नेपालीहरुमा डिम्याट खाताको पहुँच पुर्‍याउन लागिरहेको कम्पनीले जनाएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड, क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया अनलाइन डिम्याट सेवा र एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ १ गतेदेखि आषास मसान्तसम्म निःशुल्क रुपमा डिम्याट खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता संचालन शुल्कमा छुट दिने व्यवस्था मिलाइएको जनाएको छ ।


क्लिकमान्डु