यी हुन् सर्वाधिक सैन्य बजेट खर्च गर्ने २० देश, कुनको कति ?



एजेन्सी । विश्वभर आर्थिक मन्दी भइरहँदा शक्तिशाली देशहरुले भने आफ्नो बजेटको ठूलो रकम सैन्य उपकरण तथा गतिविधिका लागि खर्च गरिरहेका छन् । २०२३ मा मात्रै विश्वभरबाट सैन्य उपकरण तथा गतिविधिका लागि २.४ ट्रिलियन अमेरिकी डलर खर्च भएको पाइएको छ ।

जुन स्टकहोम इन्टरनेस्नल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)ले सार्वजनिक गरेको हालसम्मकै उच्च सैन्य बजेटको तथ्यांक हो । अर्थात् यो विशाल सैन्य खर्चका लागि विश्वका मानिसहरुलाई ३ खर्ब डलर कर लागेको थियो । स्वतन्त्र संस्था एसआईपीआरआईले हरेक वर्ष कुन देशले कति सैन्य बजेट खर्च गरे भनी गहन र विस्तृत विवरण सार्वजनिक गर्दै आएको छ । यस्तै गत वर्ष रुस युक्रेन युद्धलाई लक्षित गर्दै युरोपका देशहरुले नेटो सेनाका लागि १६ प्रतिशतले सैन्य बजेट बढाएका थिए ।

बढ्दो भूराजनीतिक तनाब, राष्ट्रिय सुरक्षा चिन्ता, नयाँ हतियार प्रणालीको विकास लगायतका कारण सैन्य बजेट तथा क्षमतामा ती देशहरुले लगानी गरिरहेको बताइन्छ । स्टकहोम इन्टरनेस्नल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)को रिपोर्ट अनुसार सबैभन्दा धेरै सैन्य बजेट खर्च गर्ने देश अमेरिका र त्यसपछि दोस्रोमा चीन रहेको छ ।

अमेरिकाले २०२३ मा मात्रै ९१६ बिलियन अमेरिकी डलर अर्थात् ९ खर्ब १६ अर्ब अमेरिकी डलर खर्च गरेको थियो भने २०२४ मा अमेरिकाले ९ खर्ब ५० अर्ब खर्च गरेको छ ।

यस्तै चीनले २९६ बिलियन अमेरिकी डलर अर्थात् २ खर्ब ९६ अर्ब डलर खर्च गरेको थियो भने २०२४ मा ४०७.९ बिलियन अर्थात ४ खर्ब डलरभन्दा बढी खर्च गरेको छ । यस्तै तेस्रोमा रुस रहेको छ । रुसले २०२४ मा २९४.६ बिलियन अर्थात् २ खर्ब ९४ अर्ब डलर सैन्य बजेट छुट्याएको छ । जवकि २०२३ मा १ खर्ब ९ अर्ब मात्रै खर्च गरेको थियो ।

यद्यपि चीन र रुसले सार्वजनिक भएको बजेटभन्दा धेरै खर्च गरेको एसआईपीआरआईको रिपोर्टमा दाबी गरिएको छ । यस्तै सैन्य उपकरणका लागि धेरै खर्च गर्नेमध्ये चौथो सूचीमा भारत छ । भारतले यस वर्ष ७३ अर्बभन्दा बढी खर्च गरेको छ । यसपछि बेलायतले लगभग भारतको जति नै ७३.५ बिलियन डलर खर्च गरेको छ ।

यसपछि सैन्य बजेट धेरै हुने देशमा साउदी अरेबिया, जर्मनी, फ्रान्स, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, इटाली, युक्रेन, ब्राजिल, क्यानडा, पोल्यान्ड, युएई, इजरायल, स्पेन र ताइवान रहेका छन् ।

२०२३ मा भने धेरै खर्च गर्ने धेरै देशमध्ये ८ औं नम्बरमा युक्रेन थियो । त्यसबेला गत वर्ष युक्रेनले ६४.८ बिलियन डलर खर्च गरेको थियो । २०२४ मा भने युक्रेन धैरे खर्च गर्ने देशहरुको १३औं नम्बरमा छ । हाल उसले ३१.१ बिलियन डलर खर्च गरेको छ । यो सूची सम्बन्धित देशको जीडीपीको हिस्साको रुपमा सैन्य खर्चको आधारमा तयार पारिएको एसआईपीआरआईले जनाएको छ ।

कुन देशले कति खर्च गरे ?

अमेरिका : ९ खर्ब ५ अर्ब अमेरिकी डलर

चीन : ४ खर्ब ७ अर्ब अमेरिकी डलर

रुस : २ खर्ब ९४ अर्ब

भारत : ७३ अर्ब

युके : ७३ अर्ब

देशमा साउदी अरेबिया : ६९ अर्ब

जर्मनी : ६३ अर्ब

फ्रान्स : ६० अर्ब

जापान : ४९ अर्ब

दक्षिण कोरिया : ४८ अर्ब

अस्ट्रेलिया : ३४ अर्ब

इटाली : ३२ अर्ब

युक्रेन : ३१ अर्ब

ब्राजिल : २४ अर्ब

क्यानडा : २४ अर्ब

पोल्यान्ड : २३ अर्ब

युएई : २० अर्ब

इजरायल : १९ अर्ब

स्पेन : १९ अर्ब

ताइवान : १८ अर्ब


क्लिकमान्डु