विश्वभरबाट कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप फिर्ता लिने कम्पनीको निर्णय



एजेन्सी । फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारमा रहेको आफ्नो खोप फिर्ता लिने घोषणा गरेको छ । कम्पनीले आफ्नो आधिकारिक अभिव्यक्तिमा यो पूर्ण रुपमा व्यापारिक फैसला भएको जनाएको छ ।

एस्ट्राजेनेकाले कोरोनाको नयाँ भेरिएन्टलाई लक्षित गर्दै दोस्रो भ्याक्सिन बजारमा उपलब्ध भएपछि यसको मागमा गिरावट आएको छ । एएस्ट्राजेनेकाले पछिल्लो समय बेलायतको अदालतमा प्रस्तुत गरेको एक दस्तावेजमा यसको कोरोना भ्याक्सिनबाट केही मानिसमा असामान्य साइड इफेक्ट हुनसक्ने बताइएको थियो ।

कोरोनाको खोप लगाउने केही मानिसले पनि आफूमा असामान्य असर देखिएको भन्दै यस कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरुले कम्पनीबाट क्षतिपूर्ति पनि माग गरेका थिए । जवकि एस्ट्राजेनेकासहित अन्य कयौं भ्याक्सिनले कोरोनाभाइरसबाट ठूलो संख्यामा मानिसहरुलाई बचाएको विज्ञहरुले बताउँदै आएका छन् ।

एस्ट्राजेनेकाले पहिलो वर्षमा ६० लाखभन्दा धेरै मानिसको ज्यान बचाएको बताइएको थियो । तर कोरोना महामारी न्युन भएको २ वर्षपछि कम्पनीले आफ्ना भ्याक्सिन फिर्ता लिने तयारी गरेको हो । साथै कम्पनीले आफ्नो भ्याक्सिनका कारणले मानिसको ज्यान गएको स्विकार गरेको छैन ।

नेपालमा जापान सरकारको अनुदानमा १६ लाख थान एस्ट्राजेनेका खोप आएको थियो । एस्ट्राजेनेका धेरै स्थानमा बुस्टर जोजको रुपमा लगाइएको थियो ।


क्लिकमान्डु