लण्डनमा नौलो कन्सेप्टमा नेपाली युवाले खोले ‘फ्यूजन कुजिन एण्ड जुसबार’



काठमाडौं । साउथ वेष्ट लण्डनस्थित बाल्हाम हाइरोडमा नेपाली यूवाहरुले नयाँ सोचका साथ ‘एसियन फ्यूजन एण्ड जुस बार’ संचालनमा ल्याएका छन् ।

समिर शर्मा र सविन शर्मा दाजुभाइले सञ्चालनमा ल्याएको ‘स्क्वीज्ड’ अहिले चर्चामा छ । बेलायतको लण्डनमै हुर्केका नेपालीमुलका दुई युवाको फरक सोच र नयाँ शैलीको ब्रान्डिङले यो व्यवसाय छोटो समयमा नै चर्चामा छ ।

टेक वे र हेल्डी फुडको सोचका साथ खुलेको यो रेष्टुरेन्टमा चिकेन, ल्याम्ब र भेज मःम, नुडल्सनका साथमा हाल चर्चामा रहेका दुई दर्जन भन्दा बढी सुसी उपलब्ध छन् । यस्तै, क्लासिकदेखि स्पेशलियाटी कफी र विभिन्न ट्रपिकल एण्ड एक्जोटिक फ्रेस जुस, एभोकाडो, सेलरी, साग, गाजर र काक्रोको स्मुदी यहाँका विशेषता हुन् ।

यहाँ ग्राहककै अगाडि जुस र स्मुदी बनाएर दिइन्छ । जसकाकारण, चाडै नै यो व्यवसायले ग्राहकको मन जितेको हो । यहाँ, नुडल्सन र मम मिक्स गरेको कम्बो बकस, सुसी पोकी बल निकै चलेका छन् । यस्तै, बालबालिकालाई आकर्षित गर्न किड्स मेनु पनि यहाँ उपलब्ध गराइएको छ । यो रेष्टुरेन्ट सातै दिन संचालनमा आउनेछ । सोमबारदेखि शनिबारसम्म बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म र आइतबार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म यो रेष्टुरेन्ट संचालनमा आइरहेको छ ।

लण्डनमा नेपालीले नै सुरु गरेको हट स्टोन सुसी विभिन्न पाँच तारे होटलमा झण्डै एक दशक काम गरेका अनुभवी सेफ जय गिरीले तयार पार्छन् । संचालक समिर भन्छन्–‘ब्रान्डलाई स्थापित गरेर यसलाई फ्रेन्चाइजको रुपमा विस्तार गर्ने योजना समेत हाम्रो छ । कसैले फ्रेन्चाइज लिन चाहेको अवस्थामा दिन सकिन्छ । उनीहरुले आफ्नै थिममा यसलाई खोल्न सक्छन् ।’


क्लिकमान्डु