विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता, एक वर्षभित्र उत्पादन थाल्ने



काठमाडौं । चिनियाँ लगानीमा नेपालमै विद्युतीय गाडी (ईभी) उत्पादनका लागि सम्झौता भएको छ ।

तेस्रो लगानी सम्मेलनमा कोसी एनके मोटर्स प्रालि र सियाम गोल्ड ड्रागन अटो बडी कम्पनी लिमिटेड (चीन)बीच सम्झौता भएको हो ।  नेपालमा तेस्रो लगानी सम्मेलन चलिरहेका बेला चिनियाँ कम्पनीसँग ईभी उत्पादनका लागि चीनमा सम्झौता भएको हो ।

चिनियाँ कम्पनी र कोसी एनके मोटर्स मिलेर चारपाङग्रे सवारीसाधन विराटनगरमा उत्पादन गर्नेछन् । पहिलो चरणमा ३ अर्ब लगानीमा नेपालमै गाडी उत्पादन हुनेछ ।

प्लान्ट लगाउनका लागि कम्पनीले विराटनगरमा १४ बिघा जग्गा समेत लिइसकेको छ। एक वर्षभित्रै गाडी उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । इभीपछि ठूला विद्युतीय बसहरु उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु