अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ।

देशका विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्णकार्यान्वयन नभई अलपत्र र अपुरो हुँदा सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आइरहेको भन्दै मन्त्रालयले जिल्लामा सञ्चालिन आयोजना र योजना र निकायसँग समन्वय गरी विवरण पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन जारी गरेको हो ।

‘मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना संचालन गर्न कार्यालय र निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,’सबै जिल्ला प्रशासनलाई पठाइएको पत्रमा भनिएको छ,’साथै त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्नुहुन पनि अनुरोध छ।’


क्लिकमान्डु