एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंबाट करिब डेढ किलो सुन र १ करोड रुपैयाँ बढी नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार उक्त नगद र सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

न्युरोडको एक गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।


क्लिकमान्डु