दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा



काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

थानीलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि हिजो काठमाडौं ओर्लिएका थिए ।

काठमाडौं ओर्लिए लगत्तै थानी राष्ट्रपति पौडेलसँगको भेटका लागि शीतल निवास पुगेका थिए भने उनको सम्मानमा राष्ट्रपति पौडेलले रात्रीभोज आयोजना गरेका थिए ।

कतारी राजा थानीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान भेटवार्ता गरेका थिए । त्यसक्रममा नेपाल र कतारबीचमा ६ समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।


क्लिकमान्डु